‘कास्कीमा एमालेको जित सुनिश्चित’: उम्मेदवार बैरागी
काठमाडाैं | कात्तिक ३०, २०७९
पोखराः नेकपा एमाले कास्की क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ले यस पटकको निर्वाचनमा पनि कास्कीमा एमालेले बहुमतका साथ जित हासिल गर्ने दावी गरेका छन् ।
नेकपा एमाले वडा नम्बर ५ वडा कमिटिले बुधवार मालेपाटनमा आयोजना गरेको वडास्तरिय आमसभालाई सम्वोधन गर्दै उम्मेदवार बैरागीले जनताको ढाड सेक्ने गठबन्धन सरकारलाई परास्त गर्न पनि एमालेको जित आवश्यक रहेको बताए ।
‘गण्डकी प्रदेशमा गठबन्धनको सरकारले चरम मुल्यवृद्धि गरेर जनताको भावना र मर्म विपरित काम ग¥यो, एमालेले अघि सारेका विकासे योजनाहरु रोक्यो, फेरी ति योजना निरन्तरताका लागि र जनप्रिय काम गर्न पनि एमाले नेतृत्व सरकार खाँचो छ’– उनले भने ।
सभालाई सम्वोधन गर्दै कास्की ३९२० प्रदेश सभा सदस्य उम्मेदवार राजीव पहारीले यहाँका जनताले पाँच वर्ष अघि आफुलाई जिताएर पठाएको स्मरण गरे । जितेर गएपछि जनतासँग गरेका प्रतिवद्धता पुरा गर्दागर्दै सरकार विचैमा ढलेकाले महत्वपूर्ण योजनाहरु अधुरै रहेको पहारीले बताए । उनले अब आफु खारिएर आएको र काम गर्ने उर्जा झनै थपिएकाले पनि जितेर गएपछि जनसेवक भएर काम गर्ने प्रतिवद्धता जाहेर गरे ।
नेकपा एमाले वडा कमिटि ५ का कार्यबाहक अध्यक्ष गायत्री भुर्तेलको अध्यक्षतमा भएको आमसभामा समानुपातिक उम्मेदवार लालकाजी गुरुङ्ग नेकपा एमाले नेता सोमनाथ प्यासी, कास्की इन्चार्ज कृष्ण थापा वडा कमिटि सचिव आशमाया विक, वडा प्रचार प्रचार संयोजक लक्ष्मण बराल लगायतले सम्वोधन गर्दै मंसिर ४ गते एमाले उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गर्न आग्रह गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

